Featured Program
सप्तरङ्गी सप्तक
सप्तरङ्गी एफ.एम.ले आफ्नो छैठौं बार्षिक उत्सव बिबिध साँगितिक कार्यक्रमका विच गएको बैसाख ८ गते सम्पन्न गरेको छ । एफ.एम.को बार्षिक उत्सवमा एफ.एम.ले मासिक रुपमा गर्दै आएको साँगितिक कार्यक्रम सप्तरङ्गी सप्तक सञ्चालन गरेको थियो । २०६३ साल चैत १३ गतेबाट आफ्नो परिक्षण प्रसारण शुरुगरि २०६४ साल बैसाख १ गतेबाट नियमित कार्यक्रम सुरुगरेपनि आफनो रेडियोको उद्घाटन बैसाख ८ गते भएकोले यसैदिनलाई एफ.एम.ले आफ्नो वार्षिक उत्सवको दिन मान्दै आएको छ ।
एफ.एम.को छैठौं बार्षिक उत्सवको अवसरमा एफ.एम.का प्रबन्ध निर्देशकले एफ.एम.को बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै एफ.एम.ले छोटो समयमा प्राप्तगरेको उपलब्धिको श्रेय समग्र पुर्वाञ्चल वासीलाई दिनुभयो । यसैगरि सप्तरङ्गी एफ.एम.ले गत बर्षको जेठ महिनाको अन्तिम बिहिबार बाट सुरु गरेको कार्यक्रम सप्तरङ्गी सप्तक प्रत्येक महिनाको अन्तिम बिहिबार एफ.एम.ले आयोजना गर्दै आएको छ । तर यस पटक एफ.एम.को वार्षिक उत्सव पनि परेकोले चैत महिनाको सप्तक बैसाख ८ गतेलाई सारिएको हो ।
सप्तरङ्गी सप्तकमा आफ्नो पहिलो प्रस्तुती दिनकोलागि दार्जिलिङ्गमा बसेर नेपाली गित संगितमा लागेकी चर्चित गायिका डेजि बराईली आउनु भएको थियो भने असारको दोश्रो प्रस्तुती गायक गायिका द्वय उदय र मनिला सोताङको रहेको थियो । साउन महिनाको प्रस्तुतीको लागि गायिका लोचन भट्टराई आउनु भएको थियो भने भदौमा गायक शिशिर योगी त्यसैगरि असोजकोलागि गायक गायिका जोडी गणेश यसोदा पराजुली आउनुभएको थियो । कात्तिक महिनामा गायक यम बरालले आफ्नो प्रस्तुती दिनभएको थियो भने मंशिरमा नरेन्द्र प्यासीको पालो परेको थियो । गायिका तारा थापा पुशको प्रस्तुतीमा आईपुग्नुभयो भने गायक हेमन्त शर्माको पालोमा माघ महिना पयो त्यसैगरि फागुनमा गायक तथा संगितकार टिका भण्डारीले आफ्नो एकल गायन प्रस्तुत गर्नुभयो भने यस पटकको प्रस्तुतीको लागि गायिका कुन्ति मोक्तान र शंगितकार शिलाबहादुर मोक्तानले आफ्नो प्रस्तुती दिनु भयो ।
-
सप्तरङ्गी सप्तक
(2011 Jan 10)
Download Now!!!
सप्तरङ्गी एफ.एम.ले आफ्नो छैठौं बार्षिक उत्सव बिबिध साँगितिक कार्यक्रमका विच गएको बैसाख ८ गते सम्पन्न गरेको छ । एफ.एम.को बार्षिक उत्सवमा एफ.एम.ले मासिक रुपमा गर्दै आएको साँगितिक कार्यक्रम सप्तरङ्गी सप्तक सञ्चालन गरेको थियो । २०६३ साल चैत १३ गतेबाट आफ्नो परिक्षण प्रसारण शुरुगरि २०६४ साल बैसाख १ गतेबाट नियमित कार्यक्रम सुरुगरेपनि आफनो रेडियोको उद्घाटन..













