लक्षित श्रोता
यस एफ.एम.ले हरेक बर्ग,क्षेत्र,समुदाय,जात जातीलाई उत्तिकै प्राथमिकता दिदै आएको छ ।बालबालिका, यूवा, बृद्धबृद्धा, दलित, महिला, आदीबासी, जनजाती, मधेसी सबैलाई समेट्ने गरी कार्यक्रम प्रसारण गरीरहेको छ ।सबै नागरिक आफना लक्षित साथी हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै एफएमले सबै बर्ग क्षेत्र,लिङ्ग,समुृदाय प्रति लक्षित भएर कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ । गतबर्ष देखि एफएमले आफनो प्रसारण क्षमतामा केही बृद्धी गरेको छ ।जसले गर्दा उसको प्रसारण क्षेत्र पनि बढेको छ ।जस्तै भोजपुर,खोटाङ,धनकुटा,तेह्रथुमसम्मका श्रोताले सप्तरङ्गी एफ.एम.सुन्न सक्ने भएका छन् । एफ.एम.ले गर्तबर्ष गरेको श्रोता सर्भेक्षणको आधारमा २०लाख श्रोता भएको दाबी गरेको छ ।







