Get the Flash Player to see this player.
Alternative Players:
ईलामका आधादर्जन डेरी तथा चिया उद्योग कारवाहीमा

                   गुणस्तर ऐन बिपरीत संचालन भएका ईलामका आधादर्जन डेरी तथा चिया उद्योग कारवाहीमा परेका छन् । गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय बिराटनगरले गरेको छड्के बजार अनुगमनका क्रममा ती फर्महरु कारवाहीमा परेको क्षेत्रिय कार्यालयले जनाएको छ ।
                 कार्यालय प्रमुख बरिष्ठ निरीक्षक शशीभुषण यादबको नेतृत्वमा भएको अनुगमनमा ती उद्योग र डेरीहरु कारबाहीमा परेका हुन । यादबका अनुसार यसरी कारवाहीमा पर्ने उद्योग तथा डेरीहरुमा त्रिशक्ति चीज उद्योग पशुपतिनगर विनायक डेरी उद्योग पशुपतिनगर मेची भ्याली चिया उद्योग फिक्कल सिद्धिविनायक टि ईण्डष्ट्रीज फिक्कल गणेश हिमाल टि स्टेट श्रीअन्तु पंचामृत डेरी उद्योग पशुपतिनगर नेपाल ग्रीन स्पेसिलटी टि स्टेट प्रालि पशुपतिनगर र लकी डेरी उद्योग पशुपतिनगर रहेका छन् ।
नापतौल तथा गुणस्तर कार्यालयबाट अनुमती नलिई तथा नापतौल गरिने यन्त्रको जाँच नगराएका कारण कारवाही गरिएको यादबले जानकारी दिनुभयो ।