Get the Flash Player to see this player.
Alternative Players:
दलहरु नमिले तेस्रो शक्ति आउनेः सिटौला

                  नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले साउन १० गते भित्र दलहरुले छलफल र वार्तावाट मुलुकलाई निकास दिन नसके तेस्रो शक्तिको उदयहुने खतरा रहेको बताउनुभएको छ ।
                विराटनगरमा विमानास्थलमा बुधबार संचारकर्मीहरु संग कुरा गर्दै महामन्त्री सिटौलाले राजनैतिक दलहरुले घनिभुत रुपमा बहस गरेर संविधान निर्माण गर्ने विषयलाई टुगो लगाउन नसके दलहरु विचवाट प्वाल पारेर तेस्रो शक्तिको उदय हुने चेतावनी दिनुभएको हो ।
                महामन्त्री सिटौलाले अहिले मुलुकको सामु संविधानसभा पुर्नस्थापना संविधानसभाको निर्वाचन संसदीय निर्वाचन राष्ट्रिय सहमती गरी अगाडी बढ्ने लगायतका विकल्पहरु रहेको बताउंदै त्यो विकल्पका विषयमा टुंगोमा पुग्न सहमतीको सरकार निर्माण आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
              महामन्त्री सिटौलाले राष्ट्रपतीलाई कसैले उकास्दै र धम्क्याएर कदम चाल्न लगाउंदैमा उहांले असंबैधानिक कदम चाल्न नमिल्ने र चाल्नु नहुने दावी गर्दै राष्ट्रपतीले अन्तरिम संविधानको भावना अनुरुप आफ्नो भुमिका खेल्नेमा आफुहरु विश्वस्त उल्लेख गर्नुभयो ।
            पुर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र राख्ने सात राजनैतिक दलहरुले लिखित संम्झौता गरेको विषयमा सिटौलाले त्यो ज्ञानेन्द्रले सपना देखेर बर्बराएको भन्दै अन्तरिम संविधान अनुसार दलहरुले खोपीमा पुर् याएको राजतन्त्र फर्किएर आउन नसक्ने ठोकुवा गर्नुभयो ।