Get the Flash Player to see this player.
Alternative Players:
हत्यामा राजनिति

               हत्याको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ का सभापति खगेन्द्र फागोलाई तुरुन्त रिहा गर्न नेपाली कांगे्रस मोरङले माग गरेको छ ।
              नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागोलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै रिहा गर्न माग गरेको हो । घटना प्रति दुःख व्यक्त गर्दै कांग्रेसले घटनाको सत्य तथ्य छानविन गरी दोषिलाई कार्वाही गर्न माग गरेको छ । साथै घटनामा आफ्नो पार्टीलाई मुछ्ने गरी एकीकृत नेकपा माओवादी र सरकारले आफ्ना कार्यकर्तालाई धरपकड गरेको घटनाप्रति आपत्ती समेत जनाएको छ ।
               मोरङको उर्लाबारीमा गत असार ५ गते कांग्रेस सम्बद्ध खड्ग फागो समूह र एकीकृत नेकपा माओवादी सम्बद्ध सुसन लिम्बू समूह बीच झडप भएको थियो । झडपमा परी घाइते भएका राजघाट निवासी अमर धिमाल र इटहरा निवासी अरुण मगरको मृत्यु भएको थियो । घटनामा परी राजीव लिम्बू घाइते भएका छन् । घटनामा संलग्नता रहेको भन्दै प्रहरीले फागो सहित ११ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरेको छ । फागो प्रहरी नियन्त्रणमा छन् भने अन्य संलग्न भनिएकाहरु फरार रहेको प्रहरीले जनाएको छ ।