Powered By: i-Tech Nepal
झापाका सम्पूर्ण गाविसका कामकाज आजदेखि प्रभावित

 १९ माघ ।

झापाका सम्पूर्ण गाविसका कामकाज आजदेखि प्रभावित बनेको छ । गाविस सचिव हकहित संरक्षण केन्दं्र नेपालको ७ सूत्रीय मागलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बोधन गरेको भन्दै झापा सहित देशभरका गाविसका कामकाज आजदेखि ठप्प पारेका हुन् । गाविस सचिवहरुले सेवा ठप्प पर्दा झापाका सर्वसाधारण जनता सेवा लिनुबाट बञ्चित भएका छन् । गाविस सचिव हकहित संरक्षण केन्दं्र नेपाल जिल्ला कार्य समिति झापाका अध्यक्ष सुर्दशन बराल लगायत ३३ गाविसका सचिवहरुले आज जिल्ला विकास समिति झापामा धर्ना दिदै कार्यालयको छापहरु एक ठाउमा जम्मा गरेर स्थानीय विकास अधिकारी खेमराज ओझालाई बुझाएका थिए । यता ७ सुत्रीय माग अनुसार सरकारबाट गतबर्ष स्वीकृत भएको कार्य सम्पादनमा आधारति प्रोत्साहन भत्ता पाउनु पर्ने, मन्त्रलायबाट कर्मचारीको सवालमा गठन हुने अध्ययन कार्यदलमा केन्द्रको एक जना प्रतिनिधि अनिवार्य राख्नु पर्ने, गाविस सचिवहरुलाई सरुवा भई अन्यत्र जान सरुवा रोक्का गरेकोमा उक्त कार्य फिर्ता हुनुपर्ने, स्थानीय तह कटिई काम काज गर्नु पर्दा १०० प्रतिशत इन्सेन्टीभ दिनुपर्ने, प्रदेशमा सेवामा खटाउदा १ श्रेणी बढुवा गरीनु पर्ने लगायतको माग राख्दै सचिवहरु आन्दोलनमा उत्रिएको जिल्ला कार्य समितिका सचिव मदनकुमार कडेलले जानकारी दिनु भयो । मन्त्रालयले माग सम्बोधन नगरे केन्द्रको निर्देशन अनुसार गाविसको कामकाज ठप्प राख्ने उहाँको भनाई छ ।