Powered By: i-Tech Nepal
दमक बहुमुखी क्याम्पसमा पूर्वाञ्चल स्तरिय तेश्रो बृहत विज्ञान प्रदर्शनी हुने

दमक÷ दमक बहुमुखी क्याम्पसमा पूर्वाञ्चल स्तरिय तेश्रो बृहत विज्ञान प्रदर्शनी हुने भएको छ । पूर्वाञ्चलमा रहेका विद्यार्थीहरुका क्षमतालाई प्रस्तुत गर्न र विज्ञानमा विद्यार्थीको आकर्षण बढाउन आगामी माघ २१ गतदेखि २४ गतेसम्म बृहत विज्ञान प्रदर्शनी गर्न लागीएको आज क्याम्पसले दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी दिईएको छ । प्रदर्शनीमा विज्ञानका सिद्धान्तहरुलाई प्रयोगात्मक गररेर देखाइने विज्ञान संकायका प्रमुख एवं विज्ञान प्रदर्शनीका प्रचारप्रसार उपसमितिका संयोजक वाशु काप्mलेले जानकारी दिनुभयो । विज्ञानलाई सहज बनाउने, प्रविधिलाई प्रयोगात्मक रुपमा प्रर्दशन गरिने उहाँले बताउनुभयो । शैद्धान्तिक रुपमा पढेको तर प्रयोगात्मक रुपमा लागु गर्न नसकिएकालाई प्रर्दनी मार्फत प्रयोगात्मक गरेर देखाईने उहाँले बताउनुभयो । चारदिनसम्म चल्ने प्रदर्शनीमा भौतिक, रासयनिक, जीव तथा वातवरण विज्ञानसँग सम्बन्धित १५० भन्दा धेरै स्टलहरु राखिने स्टल ब्यवस्थापन समिति संयोजक रत्नबहादुर थापाले बताउनुभयो । विद्यालय तहदेखि प्लसटू सम्मका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा २० हजार जनाले अवालोकन गर्ने क्याम्पसले दावी गरेको छ । मोरङ, झापा, सुनसरी र इलामका विद्यार्थीहरुले प्रदर्शनीमा प्रत्यक्ष रुपमा अवलोकन गर्ने उहाँले बताउनुभयो । दमक क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु प्रदर्शनीको अर्को उद्देश्य रहेको आयोजक समितिले जनाएको छ । प्रर्दशनीमा कुल ७ लाख रकम लाग्ने अनुमान गरिएको क्याम्पसले जनाएको छ ।