Powered By: i-Tech Nepal
मुल्य भन्दा धेरै मुल्य लिएर व्यवसायीहरुले ग्याँस बिक्रि गरिरहेको भन्दै उपभोक्ताहरुको गुनासो

माघ २१ दमक सरकारले बढाएकोमा मुल्य भन्दा धेरै मुल्य लिएर व्यवसायीहरुले ग्याँस बिक्रि गरिरहेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका छन् । केहिदिन अघि मात्रै सरकारले खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २५ रुपैयाँका दरले मुल्य बृद्धि गरेको थियो । यस अघि एक हजार तिन सय पाँच रुपैयाँ उपभोक्ता मुल्य रहेको खाँना पकाउने एल पि ग्याँसको मुल्य बृद्धि पछि एक हजार तिन सय तिस रुपैया रहेको ग्याँस बिक्रेता महासंघ झापा जिल्ला अध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । अफु संग पनि ग्याँसको मुल्य बृद्धि भएको भन्दै व्यवसायीले एक हजार तिन सय पचास रुपैयाँ सम्म मागेको भनेर उपभोक्ताले गुनासो गरेको बताउनु भयो ।“कुनै व्यापारीले पचार रुपैयाँ सम्म बढाएर ग्याँस बिक्रि गरे भन्ने उपभोक्ताको गुनासो आएको छ । सरकारले तोकेको मुल्य भन्दा धेरै नलिन हामिले व्यापारीहरु संग आग्रह गरिसकेका छौं ।” थापाले भन्नु भयो ।