Powered By: i-Tech Nepal
दमक बहुमुखी क्याम्पसमा पूर्वाञ्चल स्तरिय तेश्रो बृहत विज्ञान प्रदर्शनी आज बाट सुरु

दमक÷ झापाको दमकमा रहेको दमक बहुमुखी क्याम्पसमा पूर्वाञ्चल स्तरिय तेश्रो बृहत विज्ञान प्रदर्शनी आज बाट सुरु भएको छ । पूर्वाञ्चलमा रहेका विद्यार्थीहरुका क्षमतालाई प्रस्तुत गर्ने र विज्ञानमा विद्यार्थीको आकर्षण बढाउन आयोजना गरिएको प्रदर्शनीको आज औपचारीक कार्यक्रमका विच त्रिभुवन विश्वविद्यालय भौतिक शास्त्र केन्द्रिय बिभागका प्राध्यापक डाक्टर राजु खनालले उद्घाटन गर्नु भयो । दमक क्याम्पसमा अध्ययनरत बिद्यार्थिहरुले निर्माण गरेको मानव रहित बिमान (ड्रोन) उडाएर खनालले प्रदर्शनीको उद्घाटन गर्नु भएको हो । प्रदर्शनीको उद्घाटन गर्दै प्राध्यापक डाक्टर खनालले विज्ञानका सिद्धान्तहरुलाई प्रयोगात्मक गररेर देखाइने प्रदर्शनीले बिद्यार्थिहरुको शिकाई अभिबृद्धिहुने बताउनु भयो । विज्ञानलाई सहज बनाउने र प्रविधिलाई प्रयोगात्मक रुपमा प्रर्दशन गरिने दमक क्याम्पस विज्ञान संकायका प्रमुख एवं विज्ञान प्रदर्शनीका प्रचारप्रसार उपसमितिका संयोजक वाशु काप्mलेले जानकारी दिनुभयो । शैद्धान्तिक रुपमा पढेको तर प्रयोगात्मक रुपमा लागु गर्न नसकिएकालाई प्रर्दनी मार्फत प्रयोगात्मक गरेर देखाईने उहाँले बताउनुभयो । चारदिनसम्म चल्ने प्रदर्शनीमा भौतिक,रासयनिक,जीव तथा वातवरण विज्ञानसँग सम्बन्धित १५० भन्दा धेरै स्टलहरु राखिएको प्रर्दशनीको स्टल ब्यवस्थापन समिति संयोजक रत्नबहादुर थापाले बताउनुभयो ।