Powered By: i-Tech Nepal
राष्ट्रिय प्रजातन्त्रपार्टिको एकता अधिवेसन अन्तर्गत आज क्षेत्रीय अधिवेसन सम्पन्न,

माघ २१ दमक राष्ट्रिय प्रजातन्त्रपार्टिको एकता अधिवेसन अन्तर्गत आज क्षेत्रीय अधिवेसन सम्पन्न भएको छ । जस अन्तर्गत झापाका सतै वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । राप्रपाको नम्बर १ को क्षेत्रीय अध्यक्षमा रमेश दाहाल, क्षेत्र नम्बर दुईको अध्यक्षमा नारायण राजवंशी, क्षेत्र नम्बर तिनको अध्यक्षमा देवेन्द्र कन्दङवा, क्षेत्र नम्बर ४ को अध्यक्षमा केसब ओझा, पाँच मा भिम बहादुर कार्की, क्षेत्र नम्बर ६ को क्षेत्रीय अध्यक्षमा भुपेन्द्र ढुंगाना र क्षेत्र नम्बर सात को अध्यक्ष बिजय बराज सर्वसम्मत चुनिनु भएको राप्रपाले जनाएको छ ।