Powered By: i-Tech Nepal
एड्भान्स हेल्थ केयर सेन्टर दमकको आज र भोली निशुल्क स्वास्थ्य शिबिर

माघ २२ दमक एड्भान्स हेल्थ केयर सेन्टर दमकले नयाँ भवनमा सरेको उपलक्षमा आज र भोली निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । दमक १२ नगरपालीका रोडमा रहेको नयाँ भवनमा सरेको उपलक्षमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको हेल्थ केयरका अध्यक्ष शेर बहादुर भट्टराईले जानकारी दिनुभयो । स्वास्थ्य शिबिरबाट फिजिसियन, स्त्री रोग, बालरोग, हाडजोर्नी तथा नशा रोग, शर्जन लगायतका बिरामीले निशुल्क स्वास्थ्य लाभ लिएको भट्टराईले जानकारी दिनुभयो । आजको निशुल्क स्वास्थ्य शिबिर बाट पहिलो दिन दुई सय भन्दा धेरै बिरामीले सेवा लिएको भट्टराईले जानकारी दिनुभयो । केहि महिना भित्रमै ५० बेडको अस्पतालको रुपमा बिस्तार हुने गरि तयारी सुरु गरेको हेल्थ केयर सेन्टरले बिभिन्न बिषेसज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।