Powered By: i-Tech Nepal
दमकमा भएको बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव आज सम्पन्न

 माघ २२ दमक

डिकुरा पब्लिकेसनको आयोजनामा दमकमा भएको बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव आज सम्पन्न भएको छ । गत माघ १५ गते देखि रेडक्रस भवन दमकमा भएको साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनीको ८ हजार भन्दा धेरैले अवलोकन गरेको आयोजक डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्य प्रसाद प्रसाईंले जानकारी दिनुभयो ।
साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनीमा दैनिक बिभिन्न साहित्यिक कार्यक्रम समेत भएको थिए । आज साहित्यकार प्रकाश बुढाथोकीको एकल कविता वाचन कार्यक्रम समेत सम्पन्न भएको छ । त्यसै गरि प्रशिद्ध गीतकार शिवशंकर थापालाई डिकुरा पब्लिकेसनको तर्पm बाट दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । दमकमा भएको महोत्सव एकदमै सफलता पुर्वक सम्पन्न भएको प्रसाईंले जानकारी दिनुभयो