Powered By: i-Tech Nepal
दमक बहुमखी क्याम्पसमा हिँजो बाट सुरु भएको बिज्ञान प्रदर्शनीमा आज उत्साहजनक सहभागिता

 माघ २२ दमक

दमक बहुमखी क्याम्पसमा हिँजो बाट सुरु भएको बिज्ञान प्रदर्शनीमा आज उत्साहजनक सहभागिता रहेको महोत्वस प्रचार प्रसार सम्योजक बासु प्रसाद काफ्लेले जानकारी दिनुभयो । आज शनिबार भएको ले बिभिन्न बिद्यालयका बिद्यार्थिहरुको सहभागिता आज धेरै रहेको थियो । 
बिद्यार्थिहरुको क्षमतालाई प्रस्तुत गर्न र बिज्ञानमा बिद्यार्थिहरुको आकर्षण बढाउनको लागी आयोजना गरिएको प्रदर्शनीमा बिद्यार्थिका साथै अभिभावक र शिक्षकको पनि उत्तिकै सहभागिता रहेको काफ्लेले जानकारी दिनुभयो ।
बिज्ञानलाई सहज बनाउने र प्रबिधिलाई प्रयोगात्मक रुपमा देखाईएको प्रदर्शनीबाट बिद्यार्थिहरु निक्कै उत्साहित भएको पाईएको प्रदर्शनीको स्टल व्यवस्थापन सम्योजक रत्न थापाले जानकारी दिनुभयो । प्रदर्शनीमा राखिएको सबै स्टललाई सहभागिहरुले उत्तिकै रुचि पुर्वक अवलोकन गरिरहेको थापाले बताउनु भयो । शैद्धान्तिक रुपमा पढेको तर प्रयोगात्मक रुपमा लागु गर्न नपाएको बिषयलाई प्रयोगात्मक रुपमा देखईएकोले बिद्यर्थिहरुले बिज्ञान प्रदर्शनी बाट धेरै शिक्षा लिन सकेको थापाले बताउनु भयो । 
दमक क्याम्पसमा अध्ययनरत बिद्यार्थिहरुले बनाएको मानवरहित बिमान (ड्रोन), हाईड्रो पावरको नमुना, रोबोट, वाटरबोट लगायतका बिज्ञानका कुराहरुहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी आगामी २४ गते सम्म सञ्चालन हुने दमक बहुमुखि क्याम्पसका प्रमुख उत्तम भट्टराईले जानकारी दिनुभयो ।