Powered By: i-Tech Nepal
घैलाडुब्बामा नेपाल विद्युत प्राधिकरणको ३ ३,११ केभीएको सव स्टेशन निर्माण कार्य सुरु

२३ माघ । झापाको कनकाई नगरपालिका–८ घैलाडुब्बामा आठ करोड रुपैयाँको लागतमा नेपाल विद्युत प्राधिकरणको ३ ३,११ केभीएको सव स्टेशन निर्माण कार्य आजबाट सुरु भएको छ । नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापना निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्र्तगत एशीयाली विकास वैंकको ऋण सहयोगमा बन्न लागेको सव स्टेशनको शिलन्यास उर्जा मन्त्री जर्नादन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा गर्नुभयो । २४ अगष्ट सन २०१८ मा काम सम्पन्न गर्ने गरी सब स्टेशनको निर्माण कार्य प्रारम्भ भएको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले बताउनुभयो । २०१७ अप्रिलमा सव स्टेशनको पर्खाल तथा फेन्सिग कार्य सम्पन्न गर्ने, डिसेम्वरमा ३३, ११ केभी सव स्टेशन निर्माण, जुलाईमा कन्ट्रोल विल्डिङ निर्माण, सेप्टेम्वरमा कर्मचारी आवास निर्माण, अप्रिल २०१८ मा ११ केभी लाईन तथा एलटी लाईन विस्तार गर्ने र मे १८ मा सव स्टेशन टेष्टिङ कमिसनिङ चार्जिङ कार्य गर्ने सिंहले बताउनुभयो ।