Powered By: i-Tech Nepal
क्युपेक नेपालको तोपगाछी गाउ कमिटीको अध्यक्षमा श्री प्रसाद कंदङ्गवा पुन चयन

माघ २३ नेपाल बिजुली पेन्टर प्लम्वर तथा निर्माण मजुदर युनियन (क्युपेक) नेपालको झापा तोपगाछी गाउ कमिटीको चौथो अधिवेशनले श्री प्रसाद कंदङ्गवा लाई पुन अध्यक्षमा चयन गरेको छ । त्यसैगरी कमिटीको उपाध्यक्षमा खगेन्द्र बारकोटी, सचिव प्रकास निरौला, सह सचिव जय प्रसाद ढकाल, कोषाध्यक्ष रुद्र कार्कि तथा सदस्यमा दिलकुमार श्रेष्ठ, तारा श्रेष्ठ, गेहनाथ दंगाल, टेक बाहादुर तामाङ्ग, राधिका कटुवाल, हरीमाया थापा तथा जिफण्ट सदस्यमा डम्बर मगर र सुनिता सरेन चयन हुनुभएको क्युपेक नेपालका क्षेत्र नम्बर ७ का क्षेत्रिय ईन्चार्ज कमल निरौलाले जानकारी दिनुभयो । क्युपेक नेपाल तोपगाछी गाउकमिटीका अध्यक्ष श्री प्रसाद कंदङ्गवा को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी क्युपेक नेपालका केन्द्रिय सचिव तथा प्रदेश नम्बर १ का संयोजक अमिर कुमार लिङ्गदेन विशेष अतिथी जिफन्ट प्रदेश नम्बर १ का संयोजक सदस्य शान्तिराम गौतम विशेष अतिथी क्युपेक नेपाल जिल्ला कमिटी अध्यक्ष देव कुमार राई लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।