Powered By: i-Tech Nepal
गौरादह उद्योग बाणिज्य संघमा एमाले समर्थित व्यवसायीहरुको अर्को प्यानल घोषणा

माघ २३ दमक झापाको गौरादह उद्योग बाणिज्य संघको आगामी फागुन २ गते हुने निर्वाचनमा एमाले समर्थित व्यवसायीहरुको तर्पबाट आज अर्को प्यानल घोषणा गरीएको छ । डिल्लिराम काफ्लेलाई अध्यक्षको रुपमा अघि सार्दै स्वतन्त्र व्यवसायीको तर्पm बाट बाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी घोषणा गरिएको हो । त्यसै गरि प्रथम उपाध्यक्षमा नरेश फुयाँल, द्वितिय उपाध्यक्षमा भरत फुयाँल, त्रितिय उपाध्यक्षमा कृष्ण बराल, महासचिवमा निर्मल बाँस्तोला र कोषाध्यक्षमा दिल बहादुर खत्रीको प्यानल घोषणा गरीएको हो । प्रचार मुखी भन्दा पनि परिणाममुखि काम गर्न को लागि यो प्यानल तयार भएको चुनाव प्रचार प्रसार समितिका सम्योजक पुण्य प्रसाद सिक्देलले बताउनु भयो । यस अघि एमालेकै तर्पबाट अध्यक्षमा दिलिप भण्डारीको प्यानल घोषणा भैसकेको छ ।