Powered By: i-Tech Nepal
सहयोगको अपिल

२३ माघ– पाँचथरको उत्तरी सिमावर्ती गाविस फलैचा–७ बस्ने हिमालसिङ बेघाले आफ्नो छोराको उपचारमा सहयोग पुर्याइदिन अपिल गर्नु भएको छ । आर्थिक अवस्था कमजोर बेघाले आफ्नो छोराको उपचारमा समस्या भएपछि सहयोगको अपिल गर्नु भएको हो । लामो समयदेखी मुटु सम्बन्धि समस्याले बेघाका १४ बर्षिय छोरा विकेशको काठमाण्डौस्थित गंगालाल बाल ह्रदय राष्ट्रिय केन्द्रमा उपचारत हुनुहुन्छ । विरामी विकेशका आफन्त मंगल बेघाले जनाए अनुसार उपचारको क्रममा घरायसी जायजेथा सवै सकिएको छ । सहयोग गर्ने इच्छुक महानुभवहरुले प्रेम बेघा काठमाण्डौ ९८६११४२३०१, हर्कजङ बेघा धरान ९८४२०६४७४९, बिरु बेघा झापा ९८५२६७८०६६, मंगल बेघा फिदिम ९७५२६०७२७८ र शान्तप्रसाद बेघा फलैचा–च्याङथापु ९८४४६५६७७७ सँग सम्पर्क गरि सहयोग गर्न अपिल गरिएको छ ।