Powered By: i-Tech Nepal
नेपालमानै पहिलो पटक झापाको लखनपूरमा प्रथम राष्ट्रिय बालबहोत्सव शूरु

दमक÷ नेपालमानै पहिलो पटक झापाको लखनपूरमा उज्यालो बाल क्लबको आयोजनामा आजबाट प्रथम राष्ट्रिय बालबहोत्सवको शूरु भएको छ । आगामी २९ गते सम्म चल्ने महोत्सवको उद्घाटन शिक्षामन्त्री धनिराम पौड्यालले गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै मन्त्री पौड्यालले सरकारले ल्याएको शिक्षा ऐनको आठौँ संशोधन बालबालिका मैत्री रहेको दाबी गर्नुभयो ।,‘ आठौँ शिक्षा ऐन बालबालिका मैत्री छ, यसको कार्यन्वयन गर्न सबैको साथ आवस्यकता छ’ । मन्त्री पौड्यालले भन्नु भयो, वहाँले शिक्षकले राजनीति गरेकै कारण सामुदायीक विद्यालयको शिक्षाको स्तर खस्केको बताउनुभयो । उहाँले भन्नुभयो,‘ राजनीति गर्ने शिक्षकको अव काम छैन, कि त राजनीति छाड्नु पर्छ कि त शिक्षण पेशा’ । कुनै दलको कार्यकारी पदमा नवसि भातृ संगठनमा बस्न भने पाईने उहाँको भनाई थियो । बालबालिका प्रति हुने हिंशा अन्त्य गर्न सरकारले ठूलो लगानी गरे पनि सोचे जस्तो प्रतिफल आउन नसकेको उहाँले बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले नेपालको शिक्षा ब्यावारमुखी नभई प्रमाणपत्रमुखी हुँदा शैक्षिक बेरोजगारीको संख्या बढेको बताउनुभयो । स्थानीय आदिवासी रंगशालामा शूरु भएको महोत्सवमा झापा, इलाम, सुनसरी र धनकुटाका गरी करिब डेढ लाख बालबालिकाले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवमा बालगायन, बक्तृत्व कला, चित्रकला, फोटो प्रर्दशनी, नृत्य, नाटक, बाल कराते, विज्ञान तथा सूचनार प्रविधिसम्बन्धी प्रतियोगिता र प्रर्दशनी हुने मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीले बताउनु भयो । महोत्सवमा बालबालिकाको चासो र आवश्यकताभित्र पर्ने खालका ५० भन्दा बढी स्टल राखिएको छ । यसका साथै कार्यक्रमको अन्त्य सम्ममा विश्वको तेज स्मरणशक्तिमा बिश्व रेकर्ड कायम राख्ने अर्पण शर्माद्वारा स्मरणशक्ति बढाउने बिषयको प्रस्तुती, बिश्वको कान्छो चलचित्र निर्देशक सौगात बिष्टको अनुभवबारे छलफल, १४ वटा बिधामा बिश्व रेकर्ड राख्ने थानेश्वर गुरागाइको प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।