Powered By: i-Tech Nepal
र्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौलाको निधन

माघ २५ । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य पुष्पलाल निरौलाको आज निधन भएको छ । मस्तिष्कमा ट्युमर पलाएका कारण लामो समयदेखि उहाँ शल्यक्रिया पश्चातपनि अवस्वस्थ हुनुहुन्थयो । उहाँको आज मध्यान्न ५७ वर्षको उमेरमा शनिअर्जुन नगरपालिका–२ स्थित आफ्नै निवास निधन भएको अर्जुनधारा जलेश्वर धामका सचिव विष्णु निरौलाले जानकारी दिनुभयो । २०७२ साल चैत २७ गते बिर्तामोडको बिएन्डसी हस्पिटलमा न्युरोलोजिस्ट डा चन्द्रप्रकाश लिम्बूले उहाँको ट्युमरको शल्यक्रिया गर्नुभएको थियो । शल्यक्रिया पश्चात केही समय उहाँले स्वास्थ्य लाभ गरेपनि पुनः अस्वस्थ्य भएपछि घरमै राखिएको थियो । निरौला सनातन धर्म सेवा समितिका केन्द्रीय उपाध्यक्ष एवम् महर्षि फाउण्डेशनका कुलपति समेत हुनुहुन्थ्यो । हाल उहाँका वुवा शुदर्शन, पत्नी इन्द्रलक्ष्मी सहित एक छोरा राजिव र एक छोरी सकुन्तला रहेका छन् । उहाँको आजै कनकाई माईमा अन्तेष्टि गरिएको छ ।