Powered By: i-Tech Nepal
बार्षिक पुण्य तिथि र दमकका राजनैतिक नेतृत्वको सम्झनामा सुशील कोइराला

माघ २६ दमक
आज माघ २६ गते नेपाली पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापती शुशिल कोईरालाको प्रथम बार्षिक पुण्य तिथि । पहिलो संबिधानसभा संबिधान बनाउन नसकी अबसान पएपछि भएको संबिधान सभाको दोस्रो निर्वाचन पछि पनि मुलुकको राजनैतिक नेतृत्व एकठाउँमा आउन सकेको थिएन । तर सादगी नेता शुशिल कोईरालाको नेतृत्वमा मुलुकले संबिधान पायो । तत्कालीन समयमा चार तिर फर्किएका दलहरुलाई एक ठाउँमा ल्याई कोईरालाको नेतृत्वमा संबिधान जारी भयो । संबिधानका पिता भनेर चिनिने कोईरालाको मृत्यु भएको आज पहिलो बार्षिक पुण्य तिथि । कोईराले संबिधान जारी गर्दा पनि र अन्तिम समय सम्म मुलुकका प्रमुख दलहरु विच सहमती सहकार्य र एकतालाई नै जोड दिनु भयो तर स्वर्गिय कोईरालाको नेतृत्वमा जारी भएको संबिधान दलहरुको बेमेलले गर्दा कोेईरालाको मृत्यु भएको एक बर्ष बित्दा समेत कार्यान्वयनको चरणमा जान सकेको छैन । संबिधान घोषणा भए पनि अहिले कार्यान्वयनको चरणमा पनि वहाँको अभव खड्कीएको बतानउु हुन्छ नेपाली कांग्रेस महासमिचि सदस्य शेर बहादुर भट्टराई ।
जसरी संबिधान जारी गर्दा सबै दलहरुलाई समेटेर कोईरालाले कुशल अभिभाबकत्व प्रदान गर्नु भएको थियो त्यसै गरि अहिले प्रमुख दलहरु मिलेर अघि नबढ्ने हो भने वहाँले अगाडी सार्नु भएको सहमतीको कुरा सार्थक नहुने बताउनु हुन्छ नेकपा एमाले झापा क्षेत्र नम्बर ७ का क्षेत्रीय इन्चार्ज होम बहादुर थापा ।
स्वर्गिय कोईरालाको नेतृत्वमा जारी भएको संबिधा कार्यान्वयनको लागि प्रमुख दलहरु मिलेर लागि परे मात्रै नेपाली राजनितिमा त्यागी र संघर्षशील नेताको रुपमा लिईने स्वर्गिय कोईराला प्रति सच्चा श्रद्धान्जली हुने थियो की ।