Powered By: i-Tech Nepal
भुटानी शरणार्थी शिविरमा चनाव हुन सकेन

 बेलडाँगी÷ 

झापा र मोरंगमा रहेको भूटानी शरणार्थी शिविर संचालनमा मुख्य काम गर्ने समूह शिविर व्यवस्थापन समितिको निर्धारित समयमा चुनाव हुन सकेको छैन । राशन कटौतिको विषयले नियमित शिविर संचालनमा रोकावट आएसँगै चुनाव हुन नसकेको हो । गत माघ २० गते हुनु पर्ने चुनाव हुन नसकेको पूर्व शिविर शिविर व्यवस्थापन समितिले जानकरी दिएको छ । 

भूटानी शरणार्थीहरुको प्रत्यक्ष मतदानबाट हरेक एक युनिटबाट १÷१ महिला पुरषको निर्वाचन गरिन्छ । निर्वाचनबाट आएका पदाधिकारीहरुबीचबाट पुनः शिविरको मुख्य पद शिविर सचीव, सहायक सचीव, शिविर रेखदेख दल लगायत अन्य उपसमितिहरुको प्रमुख पदहरुको निर्वाचन हुने चुनाव गराउँन मुख्य भुमिका खेल्ने शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले जानकारी दिएको छ । शरणार्थीहरु धेरै रहेको शिविर वेलडाँगीमा यस पटक सहायक सचीव टिकाराम रसाईली र टेकबहादुर राईले उठ्ने तयारी गरेको शिविरका अगुवा पूर्व सचीव युवराज राईले बताउनु भयो ।  यसैबीच आगामी फागुन २३ गते गरिने भनिएको चुनावको तयारी र व्यवस्थापन सम्बन्धी शरणार्थी सम्बन्धी सरोकारवालाहरुबीच छलफलको तयारी गरिरहेको बताइएको छ ।