Powered By: i-Tech Nepal
दमक नगरपालिकाको २९ करोड बजेटको विकाश योजनाका कार्यक्रम शार्वजनिक

माघ २६ दमक, दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ को वाषर््िाक नगर विकाश योजना कार्यक्रम शार्वजनिक गरेको छ । नगरपालिकाका कार्यकारि अधिकृत यूवराज दाहालले २९ करोड बजेटको विकाश योजनाका कार्यक्रम शार्वजनिक गर्नुभयो । वजेट सार्वजनिक गर्नुहुदै कार्यकारी अधिकृत दाहालले नगरको अनुमानित नीति तथा कार्यक्रमसहितको वजेटले समग्र नगरको विकासमा जोड दिएको बताउनुभयो । उहाँले स्थानीय स्तरदेखिका योजनासंगै नगरका दुरदृष्ट्रिका योजनाहरुलाई समावेश गरि प्रभावकारीका साथ अघि बढाईएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले सार्वजनिक गरिएको नगरको वजेट विकासमैत्री भएको बताउनुभयो । जनसहभागिता जुटाएर गरिने योजनाहरुको कामको प्रभावकारी हुने गरेको बताउनुहुदै उहाँले यस नगरले विनीयोजित गरेको योजना कार्यान्वयन गराउन उपभोक्ता आफै सक्रिय हुनुपर्ने जोड दिनुभयो । कार्यक्रममा दमक नगरभित्र रहेर शिक्षा, स्वास्थ, साहित्य, सञ्चार, व्यवशाय लगायत विभिन्न क्षेत्रको विकाशमा टेवा पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । दमक नगरभित्रका १० जना ६० वर्ष उमेर पुगेका स्वेमसेविकालाई जनही नगद ५० हजार रुपैयाँ र प्रमाणपत्रद्धारा सम्मानसहित बिदाइ गरिएको थियो । यस्तै, दमक नगरभित्रका ४ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै १० जना सुत्केरि महिलालाई सुत्केरि उपहार प्याकेज वितरण गरिएको थियो । स्थानीय रेडक्रस सभाहलमा आयोजित सार्वजनिकरण कार्यक्रममा विशिष्ट अतिथी सांसद महेन्द्रकुमारी सुब्बा, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री लगायतले नगरको समुचित विकासमा वजेट प्राथमिकता भएकाले यसले नगरको समग्र विकासमा सघाँउ पुग्ने बताउनुभएको थियो ।