Powered By: i-Tech Nepal
आन्तरिक पर्यटक बढाउन इलामको फुयाताप्पमा श्रीमदभागवत महापुरण

दमक, २६ माघ– आन्तरिक पर्यट्रन प्रर्वद्धन र जीर्ण मन्दिरको पुनर्निर्माण गर्ने उदेश्यसहित इलामको फुएतप्पा–४ मा अवस्थित जुरीथुम्की शिवालय मन्दिरले श्रीमद्भावत ज्ञान महायज्ञ पुराण आयोजना गरेको छ । आज दमकमा पुराण आयोजक समिति इलामवाट आएको एक टोलीले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो जानकारी गराएको हो । आगामी फाल्गुन २८ गतेदेखी ५ गतेसम्म संचालन हुने पुराणमा पण्डित लोमषशरण उपाध्याय (घिमिरे) र पण्डित गणेश साण्डिल्य काफ्लेले कथा वाचन गर्नु हुने भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढाकाबहादुर मगरले दिएको जानकारी अनुसार पुराणवाट दश लाख रुपैयाँ नगद र अन्य जिन्सि सामाग्रीहरु संकलन गर्ने लक्ष्य राखिएको छ । पुराण सम्पन्न गर्न विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मगरले वताउनु भयो ।