Powered By: i-Tech Nepal
सरकारले विदेशीको इशारामा निर्वाचनको मितिलाई पर धकेलिरहेको खनालको आरोप

 २८ माघ । 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले विदेशीको इशारामा निर्वाचनको मितिलाई पर धकेलिरहेको आरोप लगाउनु भएको छ । नेकपा एमाले इलाम कोल्बुङ कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले पहाड र हिमालबाट तराईलाई अलग्याउनु उपयुक्त नहुने धारणा राख्नु भयो । उहाँले भन्नु भयो– “अहिलेसम्म हिमाल, पहाड र तराईवासी सबै मिलेर बसेका छन् तर सरकार तराईलाई अलग्याउने खेलमा लागेको छ, यो कदापि पूरा हुने छैन्, यो नेपाली जनताको हित प्रतिकूल हुनेछ ।” निर्वाचन मिति घोषणा गर्न अलमल गर्दै सरकार अघि बढ्छ भने एमालेले देशव्यापी रूपमा आन्दोलन गरेर देशमा चुनाव गराएरै छाड्ने बताउँदै खनालले भारतले इलामको पशुपतिनगगर क्षेत्रमा दशगजा मिचेर निर्माणकार्य जारी राखेकाले त्यसलाई तत्काल रोक्न मागसमेत गर्नु भयो । वरिष्ठ नेता खनालले संविधान संशोधन प्रस्ताव ‘बेमौसमको बाजा’ मात्रै हो भन्दै यो प्रस्तावलाई कुनैपनि हालतमा पास हुन नदिने बताउनु भयो ।