Powered By: i-Tech Nepal
दमकमा विद्यार्थीहरुद्वारा चक्काजाम र तोडफोड

दमक विद्यार्थीलाई देखेपछि गाडी नरोक्ने तथा दुर्व्यवहार गर्ने गरेको भन्दै दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले आज बिहान एक घण्टा पूर्वपश्चिम राजमार्गमा अबरुद्द गर्नुका साथै सवारी साधनमा तोडफोड गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत क्याम्पस मोडमा चक्काजाम गरिएको हो । त्यसक्रममा चक्काजामको अवज्ञा गर्न खोजेको भन्दै विद्यार्थीहरुले तीनवटा गाडी तोडफोड गरेका छन् । विद्यार्थीहरुले मे १ च ३९५१ र मे १ च १७३८ नम्बरको मिनी ट्रक तथा को १ ख ४०८८ नम्बरको बसमा तोडफोड गरेका हुन् । तोडफोडका क्रममा मिनी ट्रकका चालक कृष्ण न्यौपाने घाइते हुनु भएको छ । दायाँ खुट्टा भाँचिएका न्यौपानेको दमकस्थित निम्स नेशनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी साधनहरुले विद्यार्थीलाई देख्ने बित्तिकै गाडी नरोक्ने तथा रोकिहालेमा पनि दुर्व्यवहार गर्ने गरेकाले चक्काजाम गर्नु परेको नेपाल विद्यार्थी संघका दमक क्याम्पसका नेता बिनोद चापागाईंले बताउनु भयो । ुहामीले पटक(पटक प्रशासनमा जानकारी गराउँदासमेत हाम्रो मागको सुनुवाई भएन त्यसैले आन्दोलनस्वरुप चक्काजाम गरेका हौँ,ु उहाँले भन्नु भयो । तत्काल क्याम्पस मोडमा प्रहरी राखेर बिद्यार्थीहरुलाई बस चड्ने व्यवस्था मिलाउने सहमतिमा चक्का जाम खुलेको थियो । विद्यार्थी हरुको मागको बिसयमा अहिले विद्यार्थी नेता, व्यवसायीबीच प्रहरीको रोहबरमा इलाका प्रहरी कार्यालय दमकमा छलफल भइरहेको छ । क्याम्पसमा पूर्वमा झापाको दूबे तथा पश्चिममा मोरङको पथरीसम्मबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।