Powered By: i-Tech Nepal
झापाको बैगुन्धुरामा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गयो

माघ २८ दमक झापाको बैगुन्धुरा ३ मा सवारी दुर्घटनामा परि आज एक जनाको ज्यान गएको छ । बैगुन्धुराका ३ स्थित भित्रि सडक खण्डमा पश्चिम बाट पुर्व जाँदै गरेको को १ ख ५२८१ नम्बरको ट्रिपरले पुर्वबाट पश्चिम आउँदै गरेको को ३ प ४२७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्कर बाट मोटरसाईकल चालक सोहि ठाउँ निवासी १६ बर्षिय साजिस परियार घाईते भएकोमा उपचारको लागि लाईफलाईन अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्रिपर चालक मोरंग केरौन निवासी नरेस श्रेष्ठ सहित ट्रिपर र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपि राजन लिम्बुले जानकारी दिनुभयो ।