Powered By: i-Tech Nepal
नेपाल दलीत संघ दमक नगर समितिको पाँचौं अधिवेसन सम्पन्न

माघ २८ दमक नेपाली कांग्रेस निकट नेपाल दलीत संघ दमक नगर समितिको पाँचौं अधिवेसनले रण बहादुर बराईलीको अध्यक्षतामा १५ सदस्सीय नगर समिति चयन गरेको छ । कांग्रेस पार्टि कार्यालय दमकमा आज भएको अधिवेसनले उपसभापतीमा श्रीष्टिका सेन्चुरी, सचिवमा लक्ष्मि बिश्वकर्मा र कोषाध्यक्षमा राज कुमार नेपाली लाई सर्वसम्मत चयन गरेको दलित संघ झापा जिल्ला उप सभापती रण बहादुर बराईलीले जानकारी दिनुभयो । समितिका सदस्यहरुमा अमृत बिश्कर्मा, निशा बिश्वकर्मा, चक्र बहादुर पुर्कुटी लगायत ११ जना चयन हुनुभएको छ । नेपाली कांग्रेस महासमिति सदस्य शेर बहादुर भट्टराईको अध्यक्षतामा भएको अधिवेसनमा सांसद महेन्द्रा कुमारी लिम्बु, महासमिति सदस्य सुरेश सुब्बा, क्षेत्रीय सभापती ढुण्डी भण्डारी नगर सभापती रोशन विष्ट लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो ।