Powered By: i-Tech Nepal
लाइफ लाइन अस्पताल स्वास्थ विज्ञान प्रतिस्ठानको खेलकुद सप्ताह कार्यक्रम सम्पन्न

माघ २८ ,दमक लाइफ लाइन अस्पताल स्वास्थ विज्ञान प्रतिस्ठान कलेज दमकको खेलकुद सप्ताह कार्यक्रम आज सम्पन्न भएको छ । पाठ्यपुस्तकमा मात्र नभई खेलकुद तथा बाह्य शिक्षामा पनि विद्यार्थिको क्षमता वृद्धि होस् भन्ने उद्य्येश्यले प्रत्येक वर्ष कलेजले गर्दै आएको अन्तर कलेज खेलकुद सप्ताह कार्यक्रम यो वर्ष पनि आयोजना गरिएको हो । गत माघ २५ गतेबाट सुरु भएको खेलकुद सप्ताहमा फूटबल, क्रीकेट, भलिबल, चेस, हाजिरी जवाफ लगायतका प्रतियोगिता सम्पन्न भएको हुन् । लाइफ लाइन कलेजका प्राचार्य बिना शुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लाइफ लाइन अस्पतालका कार्यकारी अध्यक्ष डा.मुक्तिनाथ भट्टराई, विशिष्ट अतिथि सञ्चालकहरु डा.सूर्य नारायण शाह, राजकुमार भट्टराई, भोलामान थापा लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा सम्पूर्ण खेलमा प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने करिब १०० जना विद्यार्थिलाई मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गएिको थियो । लाइफ लाइन अस्पतालको परिसरमा भएको समापन कायक्रममा डाक्टर, शिक्षक र विद्यार्थिको उपस्थिति रहेको थियो भने कार्यक्रममा नर्सीङ विभाग प्रमुख कमला लीम्बुले श्वागत मन्तव्य राख्नुभएको थियो ।