Powered By: i-Tech Nepal
तोपगाछीमा परालबाट निर्मित जुत्ता चप्पल उत्पादन सम्बन्धि तालिम सम्पन्न

माघ २८ समावेसी महिला शसक्तिकरण केन्द्र तोपगाछी को आयोजनामा सन्चालित एकहप्ते पराल बाट निर्मित जुत्ता चप्पल उत्पादन सम्बन्धि तालिम आज सम्पन्न भएको छ । केन्द्रमा आवद्ध महिला लाई तालिम दिएर व्यासायीक बनाउदै उनि हरुको आर्थिक स्थितीमा सुधार ल्याउने उद्येश्यले तालिमको आयोजना गरीएको केन्द्रकी सचिव शान्ता दाहालले बताउनु भयो । तोपगाछी गाविसको आर्थिक सहयोगमा सन्चालित तालिममा तोपगाछी गाविसका २४ जना महिला सहभागि भएका थिए । तालिममा सहभागी मध्ये रेखा हेमरम प्रथम, शुनामनी हस्ता द्वतिय र गोमा देबी अधिकारी तृतिय हुनुभएको थियो । तालिममा उत्कृष्ट लाई कार्यक्रमका प्रमुख अतिथी तथा तोपगाछी गाविसका सचिव रमेश राईले नगद तथा प्रमाणपत्र प्रदान गर्नु भयो । केन्द्रकी अध्यक्ष लक्ष्मि अधिकारी को अध्यक्षतामा भएको कार्यक्रममा खगेन भण्डारी, भिमप्रसाद राई, हिमप्रसाद दाहाल, सिता निरौला, सुर्यप्रसाद लिम्बु लगायतले तालिममा सिकेका कुरा लाई व्यवहारमा उर्तान सकेमात्र तालिम उपयोगी हुने बताउनु भयो । सहभागी लाई गोमा श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।