Powered By: i-Tech Nepal
रेमिटेन्सबाट दिनदहाडै चोरी

२ फागुन। धरानको एक रेमिटेन्सबाट दिनदहाडै चोरी भएको छ । धरान १५ बुढासुब्बा चौकमा रहेको सेवा रेमिटेन्समा पेस्तोल सहित आएका दुई युवाले हतियार देखाई ४ लाख ५० हजार रुपैया लुटेर लगेको सञ्चालक जोडन देवानले बताउनुभयो । आज दिउसो १२ बजे माक्र्स लगाएर पल्सर मोटरसाइकमा आएका दुई युवामध्ये एक युवाले सञ्चालक देवान र रेमिटेन्सकी म्यानेजर अप्सरा राईलाई पेस्तोल देखाई लुटपाट गरी फरार रहेको सञ्चालक देवानको भनाई छ । सेता रंगको पेस्तोल बोकेका अन्दाजी ४०÷४५ बर्षका ती व्यक्तिले सञ्चालक देवान र म्यानेजर अप्सरा राईलाई पेस्तोल तेस्याउदा अर्का युवक भने बाहिर उभिएर बसेको र रकम लिएपछि दुवैजना मोटरसाइकल चढेर तीनकुनेतर्फ फरार रहेका थिए । डकैती गर्ने दुवैको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । दिन दाहाडै डकैती गर्ने ती व्याक्ति पेसेवर डकैती हुन सक्ने बताउदै खोजी कार्यलाई तिब्रता दिई अपराधीलाई चाडो कानुनको दायरामा ल्याउने समेत बताउनुभयो ।