Powered By: i-Tech Nepal
छोरी बलात्कार गरेको आरोपमा ४५ वर्षका बुवा पक्राउ

फागुन २– इलाका प्रहरी कार्यालय गोलबजारले छोरी बलात्कार गरेको आरोपमा ४५ वर्षका बुवालाई पक्रेको छ । उनले १५ वर्षकी छोरीमाथि पटक पटक बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले बताउनु भयो ।  आरोपितले पछिल्लो पटक फेरी बलात्कार प्रयास गरेपछि छोरीले आफ्नी फूपुलाई जानकारी गराएको प्रहरीको भनाई छ । प्रहरीलाई उनकी फूपुले जानकारी गराएको बताइएको छ । प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ । उता दश वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा भोजपुर नगरपालिका वडा नम्बर ७ र ८ का दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षका पूर्णबहादुर कार्की र २५ वर्षका देवबहादुर गजमेर रहेका छन् । बालिकाको परिवार स्वस्थानी ब्रतको साङ्गेमा व्यस्त भएको बेला कोठामा सुतिरहेकी बालिकालाई उनीहरुले बलात्कार गरेका थिए । बलात्कारपछि बालिकाले आफन्तलाई खबर गरेकी थिइन् । पीडितले आज प्रहरीमा उजुरी दिएपछि पीडकलाई पक्राउ गरिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ । आरोपी पूर्णबहादुर र देवबहादुरलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।