Powered By: i-Tech Nepal
व्यवसायिक पत्रकारहरुको संयुक्त समावेसी प्यानलको दमकमा पत्रकार भेटघाट कार्यक्रम

फागुन २ दमक नेपाल पत्रकार महासंघ झापा शाखाको आगामी ७ गते हुन लागेको निर्वाचनको सन्दर्भ पारेर आज व्यवसायिक पत्रकारहरुको संयुक्त समावेसी प्यानलले दमकमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न सात वटा संगठन र दुईवटा स्वतन्त्र समुहको बृहत एकता रहेका प्यानले आफ्ना प्यानलका तर्पm बाट उम्मेद्वार बनेका सबै पदाधिकारी तथा सदस्यहरुलाई जिताउन पत्रकार हरु संग आग्रह गरेका थिए । अग्रज पत्रकार गञ्जबहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संयुक्त प्यानलका तर्पm बाट अध्यक्ष पदका उम्मेद्वार तारामणी सापकोटा, उपाध्यक्षका उम्मेद्वारा एकराज गिरी, महिला उपाध्यक्षका उम्मेद्वार लिला अनमोल, सचिवका उम्मेद्वार गिरिराज भट्टराई, सह–सचिवका उम्मेद्वार केशब भट्टराई, समावेसी सह–सचिवका उम्मेद्वार ईन्द्रजित मुखिया र कोषाध्यक्षका उम्मेद्वार ईस्वर अधिकारी लगायत अन्य पदका उम्मेद्वारहरुले आफुहरुको प्यानललाई जिताउन आग्रह गर्नु भएको थियो । माई पश्चिम क्षेत्रमा कार्यरत ५० भन्दा धेरै पत्रकारहरुको उपस्थितिमा भएको कार्यक्रममा प्रेस युनिय झापा अध्यक्ष कृष्ण हुमागाईं, प्रेस सेन्टरका केन्द्रिय सदस्य विमल लामिछाने, संघिय प्रेस फोरमका केन्द्रिय उप महासचिव कमन देवान, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईं, आदिवासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेशमान मुखिया र संघिय पत्रकार मञ्चका केन्द्रिय सम्योजक दिल कुमार लावतीले समग्र पत्रकारहरुको हितको लागि समावेसी प्यानलाई जिताउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा संघिय प्रेस फोरमको तर्पm बाट झापा महासंघले स्थापना गरेको पत्रकार उपचार राहत कोषमा ५ हजार रुपैयाँ फोरमका केन्द्रिय उप महासचिव कमन देवानले महासंघ उपाध्यक्ष तारामणी सापकोटालाई हस्तान्तरण गर्नु भएको थियो ।