Powered By: i-Tech Nepal
भद्रपुरमा पूर्वाञ्चल स्तरीय क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने

भद्रपुर । झापा उद्योग वाणिज्य संघको आयोजनामा झापाको भद्रपुरमा पूर्वाञ्चल स्तरीय क्षेत्रीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । संघको स्थापनाको ५७ वर्षमा पहिलो पटक हुन लागेको महोत्सवमा नेपाल सरकारको वाणिज्य मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघको सहकार्य रहेको छ । नेपालकै पुरानो नगरपालिका रहेको भद्रपुरमा आर्थिक चहल पहल स्थापित गर्न तथा पर्यटन, कृषि, व्यापार र उद्योगको संवर्धनका लागि महोत्सव फलदायी हुने आयोजक समितिका संयोजक नवराज पनेरु ९राजु०ले जनाकारी दिनु भयो । उहाँका अनुसार फागुन १२ देखि २१ गतेसम्म चल्ने महोत्सवमा ७१ लाख आय र ६४ लाख रुपैयाँ व्ययको अनुमान गरिएको छ ।  १२५ वटा स्टल रहने महोत्सवमा दशै दिन राष्ट्रिय कलाकारहरुले साँङ्गीतिक मनोरञ्ज दिने जनाइएको छ ।