Powered By: i-Tech Nepal
विद्युत सर्ट भई आगलागी हुदाँ ४१ लाख रुपैयाँ भन्दा बढीको क्षति

५ फागुन ÷ विद्युत सर्ट भई गएराती आगलागी हुदाँ झापा गौरादह–१ का देवराज लिम्बुको ४१ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । राती साढे एक बजे तिर अचानक विद्युत सर्ट आगलागी हुँदा लिम्बुसहित त्यहाँ भाडामा बस्ने धनसिहं लिम्बुको नगद र जिन्सी सामान पूर्ण रुपमा क्षति भएको हो । ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार गौरादह नगरपालीका १ बेलडाँगी निवासी देबराज लिम्बुको २ तले काठको घरमा विद्युत सर्टभई आगलागी हुँदा करिब ४१ लाख बराबरको क्षति भएको प्रांरम्भिक अनुमान छ । लिम्बुको घर संगै जोडिएको अर्को एक तले पक्कि घर समेत जलेको थियो । आगो आज बिहान करिब साढे चार बजे दमक नगरपालिकाको दमकल, बिर्तामोडको दमकल, प्रहरी र स्थानीबासीको प्रयासमा नियन्त्रणमा आएको थियो । उता लोडसेडिङको बेला इन्भर्टर सर्ट भएर धरान–६ निकेतन गल्लीस्थित एक पसलमा गएराति आगलागी हुँदा करिव ६० लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडा अनुसार निकेतन गल्लीमा छिर्ने कटकबहादुर बस्नेतले निर्माण गरेको सटरमा सन्तोषकुमार भगतले सञ्चालन गरेको पसलमा गए राति आगलागी भएको हो । उक्त समयमा धरानमा लोडसेडिङ भएकाले इलेक्ट्रिक सर्टको सम्भावना न्युन रहेको स्थानीयले बताए ।