Powered By: i-Tech Nepal
झापाको दमकमा चारदिने फूडफेस्टिबल शुरु

दमक÷ झापाको दमकमा आजदेखि चारदिने फूडफेस्टिबल शुरु भएको छ । होटल व्यवसायी संघ माई पश्चिम क्षेत्रीय समितिको आयोजना तथा नेपाल पर्यटन बोर्ड, जिविस, दमक नगरपालिका, विभिन्न व्यापारिक प्रतिष्ठानहरुको सहयोगमा तेश्रो फूड फेस्टिबल शुरु भएको हो । दमकको मुख्य सडकमा शुरु भएको फेस्टिबलको एक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी उत्तर कुमार खत्रीले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न फूटफेस्टिबलले सघाँउ पु¥याँउनेमा जोड दिनुभयो । उहाँले जातीय संस्कृति, खानपानको संरक्षण र सम्र्बद्धन गर्न निजी क्षेत्रबाट आयोजना हुने यस्ता फेस्टिबल, महोत्सव उपयोगी हुने बताउनुभयो । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाललगायतले फेस्टिबलको महत्वका माथि चर्चा गर्नुभएको थियो । संघका अध्यक्ष राजेन्द्र दंगालले फेस्टिबलमा विभिन्न जातीय खानपानसहित विभिन्न व्यापारीक ४० बढी स्टलहरु रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा संघले होटल व्यवसायका क्षेत्रमा दमकका आधा दर्जन पूरानासहित युवा व्यवसायीहरुलाई सम्मान गरेको थियो ।