Powered By: i-Tech Nepal
झापाको तोपगाछीमा एक दिने कृषि तालिम सम्पन्न

फागुन ५ झापाको तोपगाछीमा आज एक दिने कृषि तालिम सम्पन्न भएको छ । स्थानिय समावेसी महिला शसक्तिकरण केन्द को आयोजना तथा ज्योति क्लव तोपगाछीको व्यवस्थापनमा आर्गनिक सब्जि उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको हो । अग्र्यानिक सब्जि उत्पादन गरी आत्मनिर्भर बनौ भन्ने उद्येश्यका साथ तालिमको आयोजना गरीएको आयोजक सस्थाकी सचिव शान्ता दाहालले जानकारी दिनुभयो । तालिममा विउ कसरी चिन्ने, सब्जीमा लाग्ने रोगकिरालाई कसरी व्यवस्थापन गर्ने, घरमै उत्पादन गर्न सकिने जैविक मल र विषदी वालि अनुसारको मलखाद प्रयोगका विषयमा कृषि प्रविधिक डेगनाथ गुरागाँई ले सहजी करण गर्नु भएको थियो । तालिममा तोपागछी ५ र ७ वडाका ७५ जना कृषक सहभागी रहेका थिए ।