Powered By: i-Tech Nepal
संगठन हित बिपरित गतिबिधि गरेको भन्दै प्रेस युनियन झापाद्वारा तीनजना सदस्यहरु निस्कासित

फागुन १४ दमक नेपाल प्रेस युनियन केन्द्रिय अनुशासन आयोगले युनियन झापाका तिन जना सदस्यहरुलाई संगठनको साधारण सदस्य समेत नरहनेगरी निश्कासन गरेको छ । यसरी कारबाही पर्नेमा युनियनका केन्द्रिय पार्षद अनिल ढुंगाना, युनियन झापाका तालिम सम्योजक उमाकान्त खनाल र युनियन झापाका पुर्व सचिव कुमार भट्टराई रहेका छन् । ढुंगाना, खनाल र भट्टराईले पत्रकार महासंघ झापा शाखाको गत फागुन ९ गते सम्पन्न निर्वाचनमा युनियनका आधिकारीक उम्मेद्वारहरुलाई पाराजित गर्न भुमिका निर्वाह गरेको र बिपक्षि संग साठगाँठ गरी युनियनका उम्मेद्वार बिरुद्ध गतिबिधि गरेको देखिएकोले युनियनको बिधान बमोजिम साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको युनियन केन्द्रिय अनुशासन आयोगका सम्योजक दिपक आचार्यले जानकारी दिनुभयो । महासंघ झापा शाखाको निर्वाचनमा संगठनका आधिकारीक उम्मेद्वार बिरुद्ध गतिबिधि गरेको र कारबाहीको लागि युनियन झापा शाखाले शिफारिश गरे बमोजिम केन्द्रिय अनुशासन आयोगको आज बसेको बैठकले ढुंगाना, खनाल र भट्टराईलाई युनियनको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको हो ।