Powered By: i-Tech Nepal
दमकमा लूट टू को उत्साहपूर्ण व्यापार

 फागुन १४ दमक
हिँजो बाट देश भर प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र लुट टु ले दमकमा पनि एक दमै राम्रो ब्यापारको सुरुवात गरेको छ । दमकका दुईवटै चलचित्र भवन पाथिभर चित्रमन्दीर र दमक चलचित्र मन्दिरमा प्रदर्शन भैरहेको नेपाली चलचित्र लुट टुले आक्रामक व्यापार सुरुवात गरेको पाथिभरा चलचित्रमन्दीर दमकका व्यवस्थापाक तथा चलचित्र बितरक चैतन्य बरालले बताउनु भयो । “अहिले सम्म प्रदर्शन भएको सबै चलचित्रको रकर्ड तोड्ने गरी लुट टुले व्यापार गरिरहेको छ ।” बरालले भन्नु भयो । “यहि क्रमले व्यापार गर्यो भने सबै चलचित्रको प्रदर्शनको रेकर्ड तोड्दै यसले नयाँ रेकर्ड कायम गर्ने देखिन्छ ।” हिँजो देखी प्रदर्शनमा आएको चलचित्र आज दोस्रो दिन पनि दुवै चलचित्र भवनमा हाउस फुलका साथ प्रदर्शनमा आईरहेको छ । दुवै वटा चलचित्र भवनमा दैनिक ३ सो मा प्रदर्शन भैरहेको चलचित्रका हरेक सो हरु हाउसफुल भैरहेका छन् । “तिनै वटा सो हाउस फुल भैरहेको छ ।” दमक चलचित्र मन्दीरका व्यवस्थापक कृष्ण भट्टराईले भन्नु भयो । “चलचित्रको व्यापार बाट एक दमै उत्साह बढेको छ ।”
निश्चल बस्नेतको निर्देशनमा रहेको चलचित्र लुट टुमा लदयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, बिपिन कार्की, कामेस्वर चौरसिया लगायत कलाकारको अभिनय रहेको छ ।