Home / अपराध / ३८ क्वीन्टल सुनकाण्डः एसएसपीसहित २८ जना थुनामा, २ जना छुटे

३८ क्वीन्टल सुनकाण्डः एसएसपीसहित २८ जना थुनामा, २ जना छुटे

जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी संजय राउत, प्रजित केसी, सई बालकृष्ण संजेल पनि थुनामा गएका छन् । यस्तै भुजुङ गुरुङ, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी लगायत पनि पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ ।

प्रहरी जवानद्वय अमरबहादुर थापा र विष्णबहादुर खड्का भने तारेखमा छुटेका छन् ।

एसएसपी श्याम खत्रीका ड्राइभर खड्काले राजीखुसीले तस्करी गरेको नदेखिएको भन्दै तस्करबाट लिएको भनिएको १५ हजार धरौटीमा छोड्न आदेश भएको छ ।

अमरबहादुर थापा खत्रीका अंगरक्षक हुन् । खड्काले आफ्नो बयानमा थापाले पनि तस्करीको सुन स्कर्टिङमा गर्ने बयान दिएको तर, प्रमाणित नभएको र रकम लिएको नदेखिएको भन्दै सहअभियुक्तको पोलका आधारमा थुनामा राख्न र धरौटी लिन नमिल्ने ठहर गरेको छ । उनी साधारण तारेखमा छुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*