Home / प्रदेश समाचार / नेपाल महिला संघ क्षेत्रीय समितिले दमकमा स्वाथ्य शिबिर आयोजना गर्ने

नेपाल महिला संघ क्षेत्रीय समितिले दमकमा स्वाथ्य शिबिर आयोजना गर्ने

जेठ १५ दमक
नेपाली कांग्रेसको भगिनि संगठन नेपाल महिला संघ झापा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले दमकमा स्वाथ्य शिबिर आयोजना गर्ने भएको छ । संघकी क्षेत्रीय सभापती रेगिना भट्टराईको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ २६ गते शनिबार नेपाली कांग्रेस दमकको कार्यालय परिसरमा स्वाथ्य शिबिर आयोजना गर्ने निर्णय गरेको हो । स्वाथ्य शिबिरमा बि एण्ड सि हस्पिटल बिर्तामोड र एड्भान्स हस्पिटल दमकको सहकार्यमा स्वास्थ्य शिबिर सञ्चालन गर्न लागीएको संघकी क्षेत्रीय सभापती भट्टराईले जानकारी दिनुभयो ।
स्वास्थ्य शिबिरमा हाडजोर्नि, फिजिसियन, बालरोग, महिला सम्बन्धि रोग लगायतका रोगहरुको परिक्षण गरिने र औषधि समेत निशुल्क बितरण गरिने महिला संघ दमक नगर सभापती मन्दरा पौडेलले बताउनु भयो । त्यसैगरी संघको क्षेत्रीय समितिले आगामी असार १५ गते झापाको कमल गाउँपालीका स्थित लखनपुरमा बृहत सामुहिक धान रोपाई कार्यक्रम पनि गर्ने निर्णय भएको महिला संघ क्षेत्रीय सभापती रेगिना भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मुगाधन कृष्णकुमारी राई स्मृती प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई फलफुल वितरण

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/ प्रजातन्त्रका सेनानी स्वर्गिय मुगाधन राई र उहाँकी धर्म पत्नी स्वर्गिय कृष्णकुमारी ...

नगरपालीकाले बिद्यालयमा राजनिति घुसाउँदा हिमाविमा हिँजोको घटना भएको दमकका शैक्षिक अगुवाको आरोप

सप्तरङ्गी एफ.एम. दमक/भदौ २/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा हिँजो भएको घटनालाई दमकका ...

दमकमा श्रीकृष्ण रथ यात्रा भव्य बनाउने बिषयमा छलफल

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ आगामी भदौ १८ गते दमकमा निकालीने श्री कृष्ण रथ यात्राको बिषयमा ...

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...

हिमावि दमकको अभिभावक भेला बिथोलीयो , आफ्नो अध्यक्ष आँपैंmले चुन्न पाउनु पर्ने अभिभावकको माग

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयको आज बोलाईएको अभिभावक भेला ...