Home / ताजा समाचार / पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानले गरेको रक्तदानमा ३८ जनाले रगत दान गरे ।

पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानले गरेको रक्तदानमा ३८ जनाले रगत दान गरे ।

दमक जेठ १४/
राज्यद्वारा वेपत्ता पारिएका झापा दमकका युवा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको नाममा स्थापना गरिएको संस्था पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानले मंगलबार ११ औं गणतन्त्र दिवसको अवसर पारेर दमकमा रत्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा ३ महिला सहित ३८ जनाले रगतदान गरेको रक्तदान कार्यक्रमको प्राबिधिक सहयोगी संस्था नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकका रक्तसन्चार प्रमुख सिद्धार्थ दाहालले जानकारी दिनुभयो ।
तत्कालीन माओवादीले सन्चालन गरेको जनयुद्धको क्रममा तत्कालीन शाहि नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता बनाएका दमकका दुई युवाको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो ।
दमक १ का भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका छोरा पुष्प र धिरेन्द्रको अहिले सम्म अवस्था पत्ता नलागेको प्रतिष्ठानका अध्यक्ष तथा पुष्प र धिरेन्द्रका दाजु तिर्थराज बस्नेत शंकरले जानकारी दिनुभयो । आफ्ना भाईहरुले गणतन्त्र स्थापनाको लागी दिएको योगदानलाई स्मरण गर्नको लागी प्रतिष्ठानले गणतन्त्र दिवसकै दिन रक्तदान कार्यक्रम गरेको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...