Home / ताजा समाचार / दमकमा डेंगु रोग निम्त्याउने लार्भा नष्ट कार्यक्रम सन्चालन

दमकमा डेंगु रोग निम्त्याउने लार्भा नष्ट कार्यक्रम सन्चालन

जेठ १६ दमक
गर्मि महिना सुरु भए पछि देखा पर्ने डेंगु संक्रमण नियन्त्रणको लागी आज दमकमा डेंगु रोग निम्त्याउने लार्भा नष्ट कार्यक्रम सन्चालन गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाको नियमित कार्यक्रम अन्तर्गत आज दमकमा डेंगु निम्त्याउने लामखुट्टेका लार्भा नष्ट गरिएको जिल्ला नजस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल सुपर भाईजर जिवन चौलागाईंले जानकारी दिनुभयो ।
गर्मि मौषम सुरु हुन साथ डेंगु संक्रमित लामखुट्टे सक्रिय हुने हुनाले यसका लार्भा नष्ट गर्ने काम सुरु गरिएको उहाँले बताउनु भयो । दमक क्षेत्रमा हरेक बर्ष जस्तो डेंगुको संक्रमण देखिएको र यहाँ डेंगुको जोखिम उच्च रहेकोले यस बर्षको सुरुवातमै यसलाई नियन्त्रणको लागि काम गरीएको उहाँले बताउनु भयो ।

लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यमा दमक नगरपालीका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुको समेत सहभागीता रहेको थियो । आज दमक थानारोड देखी बरगाछी चौक सम्मका घर पसलहरुमा राखिएको पानिका भाँडा, टायर, खाली टिनका बट्टा लगायत सरसफाई गरिएको सहरी स्वाथ्य केन्द्र दमक १० का ईन्चार्ज कुबेर भट्टराईले जानकारी दिनुभयो । आजको सरसफाईमा डेंगु संक्रमित लार्भा नभेटिएको पनि उहाँले बताउनु भयो । एजिप एजिप्टाई जातको पोथि लामखुट्टेको टोकाई बाट डेंगु संक्रमण हुने भएकोले राती झुल टाँगेर मात्रै सुत्न र पानि जम्ने खाल्डा खुल्डी पुर्न पनि उहाँले आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...

झापामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ ७० औं विश्व मानवअधिकार दिवसको अवसरमा आज झापाको बिर्तामोडमा जिल्ला स्तरिय ...

झापको पाडाजुंगीमा स्कुलबसले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा आज ...

स्वास्थ्य सेवामा फड्को मार्दै चुलाचुली

सप्तरंगी एफएम / २३ मंसिर २०७५  / रोमन लामिछाने चुलाचुलीस्थित स्वास्थ्य चौकीको २४ घण्टे प्रसूति ...