ब्रेकिंग समाचार
Home / ताजा समाचार / धान सुपर जोन घोषणा भएपछी झापाको कचनकवलमा बर्खे धानको उत्पादन बढ्यो , किसानलाई धान थन्क्याउने चटारो

धान सुपर जोन घोषणा भएपछी झापाको कचनकवलमा बर्खे धानको उत्पादन बढ्यो , किसानलाई धान थन्क्याउने चटारो

धान सुपर जोन घोषणा भएपछी झापाको कचनकवलमा बर्खे धानको उत्पादन बढेको छ ।


पुरानै प्रविधिमा रोपाइँ गर्दा प्रति कठ्ठाको तिन देखि चार मन मात्र फाल्ने गर्थ्यो तर यो पालि भने प्रतिकठ्ठा छ देखि सात मन सम्म फलाएको किसानहरु बताउछन । सरकारले प्रधानमन्त्री कृषिअाधुनिककरण परियोजना अन्तर्गत धान सुपरजोन घोषणा गरेपछि उन्नत बिउ ,आधुनिक प्रविधिको प्रयोग,भूमिगत सिंचाइको व्यवस्था, कृषक तालिम र निरन्तर अनुगमनका कारण उत्पादनमा बृद्दी गर्न सकिएको कचनकवल गाउपालिका वडा नम्बर दुईका वडाध्यक्ष मेखराज भट्टराई बताउनुहुन्छ ।

 


मनसून सुरुहुनैलाग्दा किसानलाई भने बर्खे धान थन्क्याउने चटारो छ l उत्पादन बढेपनि धानको उचित मुल्य पाउन नसकेको किसानहरुको गुनासो छ। सरकारले कृषि सुपरजोन घोषणा गरेर उत्पादनमा सहयोग गरे पनि बजारीकरणमा पनि ध्यान दिनु पर्ने उनिहरुले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर ५ इकाइ समितिको अध्यक्षमा राजन खड्का चयन

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा ५ इकाइ समिति गठन ...

अमेरीकामा डिल्ली अधिकारीलाई सोसियल हिरो अफ द ईयर, प्रधान, डिसि र महतलाई लाईफटाईम अचिभमेन्ट अवार्ड बाट सम्मान गरिने

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ अमेरिकामा हुन लागेको तेस्रो “नेपाली फिल्म, म्युजिक एण्ड सोसियल अवार्ड २०१८” ...

तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम रहेको हिमालय माध्यमिक बिद्यालयका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम ...

झापा गौरीगञ्जको बालकल्याण माविमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण साथै शिक्षक विदाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बालकल्याण माविमा आज दाताहरुको सहयोगमा सन्थाल बालबालिकालाई ...

भट्टराई कुल वंश प्रष्तिठानको उधौली गोठ पुजा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ भट्टराई कुल वंश प्रष्तिठानले आज उधौली गोठ पुजा सम्पन्न गरेको छ ...