Home / ट्रेन्डिङ्ग / सुनसान नमुना पार्क [मार्ग ] , ब्यापारीहरु भन्छन सत्तरी प्रतिशत ब्यापार घट्यो

सुनसान नमुना पार्क [मार्ग ] , ब्यापारीहरु भन्छन सत्तरी प्रतिशत ब्यापार घट्यो

१८ जेठ,  दमक, रोमन लामिछाने
दमक नगरपालिका र स्थानीय घर धनिहरुको समेत गरेर झन्डै डेढ करोडको लगानीमा निर्माण भएको दमक बजारमा रहेको नमुना पार्क (मार्ग) मा सवारी सधान लान नदिँदा आफुहरुको व्यसायमा ह्रास आएको स्थानिय व्यवसायीहरुले गुनासो गरेका छन् । साँझको समयमा रमनाउने मानिसहरुको भिडभाड हुने भए पनि नमुना मार्ग दिउँसो प्राय सुनसान हुनेगरेको छ । नमुना पार्कमा घुम्न र आरामको लागि राम्रै व्यवस्था गरिएको छ । निसुल्क इन्टरनेटको पनि सुबिधा रहेकोले साँझको समयमा उक्त क्षेत्रमा मानिसहरुको चहल पहल बाक्लै हुने गरेको छ । तर सवारी प्रबेसमा रोक लगाइएकोले दिउँसोको समयमा ग्रहकहरु पुग्ने गरेका छैनन् ।
सबारी लिएर प्रबेस गर्न नपाउने भएपछी किनमेलका लागि आउने ग्राहकको संख्या ह्वात्तै घटेको स्थानीय ब्यापारी बिनोद ढकालले बताऊनु भयो ।
पहिलेको तुलनामा झन्डै सत्तरी प्रतिशतले ब्यापार घटेको उहाँले बताउनु भयो । “हामीले नगरपालिकामा गुनासो गरेकाछौं नगरपालीकाले पनि समस्याको समाधान गर्ने आस्वासन दिएको छ ।” अर्का ब्यवसायी सुमन आचार्यले भन्नुभयो ।
केहिदिन अगाडी ब्यापारीहरुको एउटा समुहले स्थानीय ब्यापारीहरुको हस्ताक्षर सहित नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । मोटरसाइकल र ई–रिक्सालाई नमुना पार्क प्रबेशमा रोक नलगाउन उनीहरुले नगरपालिकालाई आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन शुक्रबारदेखि सैनिक महोत्सव सुरु

सप्तरंगी एफएम /३ फागुन २०७५ बिर्तामोड,/ बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो ...

ताप्लेजुङमा ४.६ रेक्टरस्केलको भुकम्प

सप्तरङ्गी एफएम दमक /३ फागुन २०७५ ताप्लेजुङ / ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ ...

भारतको जम्बु काश्मिरमा भीषण आतंकबादी हमला

सप्तरङ्गी एफएम / २ फागुन २०७५ ्भरतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्ला भएको ठूलो आतंकवादी आक्रमणमा ...

दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलको आठौँ बार्षिकोत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन दमक ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी स्कुलले बिहिबार आफ्नो आठौ बार्षिकोत्सव ...

दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरको सामुदायिक भवन शिलान्यास

सप्तरङ्गी एफ.एम. दमक/ २ फागुन २०७५ दमक १० सेतुमारीस्थित दुर्गा पाञ्चायन मन्दिरमा सामुदायिक भवन शिलान्यास ...