Home / खेलकुद़़ / विभिन्न प्रकारका रोग लाग्न थालेपछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकर्षित

विभिन्न प्रकारका रोग लाग्न थालेपछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकर्षित

सप्तरङ्गी एफ.एम./दमक/जेठ २० / डिकेश लामा-  बढ्दो शहरीकरण सँगै विभिन्न प्रकारका रोगहरु लाग्न थाले पछि शहरी क्षेत्रका मानिसहरु योगा तर्फ आकार्षित भएका छन् ।
पछिल्लो समय दमक क्षेत्रमा मात्र पनि दैनिक ८ वटा सेन्टरमा ८ सय हाराहारीमा योगामा सहभागी हुने गरेको पतञ्जली योग पीठका वरिष्ठ योग प्रशिक्षक गंगाप्रसाद ढकालले बताउनु भयो । राज्यको नयाँ संरचना अन्तर्गत राष्ट्रिय खेलकुद परिषदले योगलाई समेत खेलकुदको दर्जामा राखे पछि यस तर्फ नागरिकहरुको आकार्षण बढ्दै गएको राष्ट्रिय योग खेलकुद परिषद झापाले जनाएको छ ।

खासगरी बढ्दो शहरीकरण र दैनिक मानिसहरुले गर्ने काम मेशिनको प्रयोगबाट हुन थाले पछि वढेर गएको रोग न्यूनिकरणमा योगले लाभ दिन थाले पछि नागरिकहरुको यस तर्फ आकार्षण बढेको योग प्रशिक्षक ढकालले बताउनु भयो । राष्ट्रिय योग खेलकुद परिषदका झापा जिल्ला उपाध्यक्ष समेत रहेका ढकालका अनुसार हाल झापामा २० स्थानमा दैनिक करिव २ हजार नागरिहरुले योग गर्ने गरेका छन् ।
योग गर्न थाले पछि स्वास्थ्यलाई धेरै राम्रो भएकोले योगमा सहभागी दमक २ की ६० बर्षीय उमा सुवेदीले बताउनु भयो । योगमा खासगरी महिलाहरुको आकार्षण बढेको र यसले धेरै राम्रो भएको सुवकादेवी ढकाल अधिकारीले बताउनु भयो ।
पछिल्लो समय दमक, विर्तामोड, बुधबारे, उर्लावारी, कमल गाऊँपालिका लगायतमा धेरै योग प्रशिक्षार्थीहरुको सहभागिता रहने गरेको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

एसिएन लाइफ इन्स्योरेन्सद्वारा मोरंगको पथरीमा उप–शाखा सञ्चालन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २५/ एसिएन लाइफ इन्स्योरेन्स कम्पनिले मोरंगको पथरीमा उप–शाखा सञ्चालन सुरु गरेको छ ...

नेपाली कांग्रेस क्षेत्रीय समिति आफ्नै नव निर्मित भवनमा सर्यो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालय दमकको आप्mनै नवनिर्मित भवनमा सरेको छ ...

कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम हुने प्रधान न्यायधीस ओमप्रकाश मिश्रको भनाई

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ कानुन व्यवसायीले सहयोग गरे अदालतमा आएका मुद्धाहरुको फैसला गर्ने संख्या कम ...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै दिन भूटानी शरणार्थीहरु स्वदेश फिर्ती र राहतको माग गर्दै नाराबाजी सहित अनसनमा

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ विश्व मानव अधिकारको दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको ...

श्रमजिवि पत्रकारको न्युनतम पारिश्रमिकको बिषयमा झापामा छलफल

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २४/ श्रमजिवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आज झापाको बिर्तामोडमा अन्तत्र्रिmया ...