Home / ट्रेन्डिङ्ग / सडक डिभिजन कार्यालय दमक मातहतका आधा दर्जन भन्दा बढी योजना अलपत्र ,कतिपय योजनाका ठेकेदार नै सम्पर्क बिहिन

सडक डिभिजन कार्यालय दमक मातहतका आधा दर्जन भन्दा बढी योजना अलपत्र ,कतिपय योजनाका ठेकेदार नै सम्पर्क बिहिन

सप्तरङ्गी एफ.एम./दमक/जेठ २० / डिकेश लामा-

सडक डिभिजन कार्यालय दमक माताहतमा संचालित ८ वटा योजनाहरु म्याद सकिदा समेत पुरा हुन सकेका छैनन् । कतिपय योजनाका ठेकेदारहरु त सम्पर्कमा समेत नरहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
यसरी म्याद अवधि पटक पटक थप गर्दा समेत काम नसकिएको योजनाहरुमा झापाको मेचिनगर नगरपालिका साविक धाइजनको हडिया खोला पुल, गौरादह बैगुन्धुरा जोड्ने किस्ने   खोला पुल, महेन्द्र राजमार्गको कन्काई पुल प्रोटेक्शन योजना, मेची राजमार्ग मर्मत योजना, महेन्द्र राजमार्ग मर्मत योजना लगायतका मर्मत तथा पुल निर्माण योजनाहरु रहेको डिभिजन प्रमुख तथा इन्जिनियर राजेश कुमार यादवले बताउनु भयो ।
यादवका अनुसार ती योजनाहरु ३५ देखि ९५ प्रतिशत भौतिक तथा आर्थिक कारोवार भएको बताउनु भयो । कतिपय योजनाहरु काम सकिन लागे पछि ठेकेदारहरु सम्पर्कमा नआएको समेत यादवले जानकारी दिनु भयो ।

गौरादह बैगुन्धुरा जोड्ने निर्माणाधीन किस्ने खोला पुल

 

राज्यले समयमा काम नसक्ने ठेकेदार र उसको निर्माण कम्पनिलाई कडा कार्वाही गर्ने निर्देशन अनुसार पछिल्लो समय झापा जिल्ला प्रसाशनले त्यस्ता विवरणहरु संकलन गरी सरकारमा बुझाएको बताइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारको निर्देशन अनुसार ठेकेदार सहित निर्माण आयोजना संचालन गर्ने सरोकारवाला सहितको बैठकले त्यस्ता कार्यहरुको विवरण संकलन गरी सरकारमा पठाइएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...