ब्रेकिंग समाचार
Home / ताजा समाचार / झापाको सबै स्थानीय तहमा खोप केन्द्रको भवन निर्माण हुने

झापाको सबै स्थानीय तहमा खोप केन्द्रको भवन निर्माण हुने

२१ जेठ ,कचनकवल, झापा
जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलले जानकारी दिनुभयो । मन्त्रालयले १९ वटा खोप केन्द्रको भवन निर्माणका लागि रु तीन लाखका दरले रु ५७ लाख उपलब्ध गराएको छ । गाउँपालिका र नगरपालिकाले जग्गाको व्यवस्थापन आफैँ गर्नुपर्ने अधिकृत पौडेलले भन्नुभयो ।कतिपय स्थानीय तहमा खोप केन्द्र निर्माण भइसकेको छ भने कतिपय स्थानीय तहमा निर्माणाधीन अवस्थामा रहेको छन् । उपलब्ध रकममा स्थानीय तहले केही रकम थपेर खोप केन्द्र निर्माण गर्नुपर्ने छ । यसअघि बालबालिकालाई विद्यालय, स्वास्थ्य चौकीलगायतका स्थानमा खोप दिने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर ५ इकाइ समितिको अध्यक्षमा राजन खड्का चयन

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा ५ इकाइ समिति गठन ...

अमेरीकामा डिल्ली अधिकारीलाई सोसियल हिरो अफ द ईयर, प्रधान, डिसि र महतलाई लाईफटाईम अचिभमेन्ट अवार्ड बाट सम्मान गरिने

सप्तरङ्गी एफ.एम. दमक/पुष १/ अमेरिकामा हुन लागेको तेस्रो “नेपाली फिल्म, म्युजिक एण्ड सोसियल अवार्ड २०१८” ...

तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम रहेको हिमालय माध्यमिक बिद्यालयका १० जना बिद्यार्थिहरुलाई पुरस्कृत

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ तुलसा देवी न्यौपाने स्मृति शैक्षिक प्रोत्साहन पुरस्कार बाट दमक २ कम ...

झापा गौरीगञ्जको बालकल्याण माविमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण साथै शिक्षक विदाई कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बालकल्याण माविमा आज दाताहरुको सहयोगमा सन्थाल बालबालिकालाई ...

भट्टराई कुल वंश प्रष्तिठानको उधौली गोठ पुजा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २८/ भट्टराई कुल वंश प्रष्तिठानले आज उधौली गोठ पुजा सम्पन्न गरेको छ ...