Home / ताजा समाचार / दमकका २८ हजार हाराहारीका बालबालिकाको अधिकार र कार्यक्रम तर्जुमा गर्न अभिमुखिकरण

दमकका २८ हजार हाराहारीका बालबालिकाको अधिकार र कार्यक्रम तर्जुमा गर्न अभिमुखिकरण

 

२१ जेठ , दमक सप्तरंगी एफ.एम .

दमकका २८ हजार हाराहारीका बालबालिकाका अधिकार र योजना तर्जुमा गर्न आज नगर बाल सञ्जाल दमकले एक दिने गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहमा बालमैत्री शासन र संघीय संरचनामा योजना तर्जुमाका लागि अभिमुखिकरण गोष्ठी संचालन गरेको नगर बाल सञ्जाल अध्यक्ष तथा कार्यक्रमका सभापति प्रजेश खनालले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बालबालिकाको मनस्थितिमा असर पर्ने कुनै पनि गतिविधि गर्न नहुने बताउनु भयो । त्यस्तै अनाआवश्यक रुपमा गरिदैं आएको शैक्षिक बन्दले बालबालिकामा ठूलो असर पर्ने भन्दै सो कार्यको भत्र्सना समेत गर्नु भयो ।

कार्यक्रममा केन्द्रिय बाल कल्याणका प्रतिनिधि सुमन अधिकारी, शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयुक्तकी संगिता खतिवडा, उपमेयर गीता अधिकारी, समाज कल्याण शाखा दमकका प्रमुख डम्बर बराल लगायतका उपस्थितिमा भएको कार्यक्रमका बक्ताहरुले बाल मैत्री शासन र अधिकारका लागि स्थानीय तहले उचित कदम चाल्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा दमक नगरपालिकाका १० वटै वडाबाट बाल प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु पवित्र कन्काई माई धाममा बिषर्जन गरियो

सप्तरङ्गी एफ.एम. दमक/असोज २९/ हिँजो काठमाण्डौमा अन्त्यष्ठि गरिएका कांग्रेस नेता चक्र बाँस्तोलको अस्तु आज झापाको ...

आफ्नो गाऊँ आफै सफा गरौं :दमक वडा नं. ३ मा सडक सरसफाई

सप्तरङ्गी एफ.एम. दमक असोज २८ आफ्नो गाऊँ आफै सफा गरौं भन्ने नाराका साथ आज झापाको ...

दमक वडा नम्बर दशमा सञ्चालीत कार्यक्रमहरुको प्रगती समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर १० वडा कार्यालयले वडामा सञ्चालीत ...

कांग्रेस नेता स्व. बाँस्तोलाको अस्तु झापा ल्याइदै

सप्तरङ्गी एफ.एम. दमक असोज २८ हिँजो काठमाण्डौमा निधन हुनुभएका कांग्रेस नेता चक्र बाँस्तोलाको अस्तु भोली ...

मदिरा सेवन गरी टोलमा आशान्ति मच्चाएको भन्दै कारबाहीको माग

सप्तरङ्गी एफ.एम. दमक / २८ असोज २०७५ दमक वडा नम्बर २ कञ्चनजंघा टोल बिकाश संस्थामा ...