Home / ताजा समाचार / ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।

सप्तरङ्गी एफ.एम./जेठ २३/दमक
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा बालुवा लिन जाँदै गरेको ट्याक्टर आज दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत कावेली खोलातर्फ वालुवा लिन आउँदै गरेको ना ५ त ९५६६ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ बस्ने २१ वर्षीय मिलन सुनुवारको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा परी ट्याक्टरमा सहयोगीको काम गर्ने सोही ठाउँका सरन लिम्बू र किरण लिम्बू सामान्य घाइते भएको मेवाखा प्रहरी चौकीले जानकारी दिएको छ । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइते दुबैजनाको हात र खुट्टामा चोट लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

उत्कृष्ट भुटानी गितकारको खोजी प्रतियोगिता गरिँदै

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/विश्वभरी रहेका नेपाली भाषी भुटानी गितकारहरुको खोजीको लागी कर्यक्रम हुने भएको छ ...

ईलामको चुलाचुलीमा सेनेटरी प्याड निर्माण तथा उद्घोषण तालिम सुरु

सप्तरङ्गी एफ.एम. दमक/ पुष २९ ,२०७५ झापाको कमल गाउँपालीकामा रहेको उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र ...

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको कार्य समितिमा कांग्रेस नेतृत्वको बहुमत , यसअघि पटक पटक नेतृत्व गरेको नेकपाको लज्जास्पद हार

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक ...

निर्मला पन्तको बलात्कार र हत्याको टाटो हेर्न दमकमा भ्यु टावर बनाउन लागेको भन्दै प्रधानमन्त्रीलाई कांग्रेस नेता मिनेन्द्र रिजालको व्यंग्य

सप्तरङ्गी एफ.एम. दमक/पुष २९/नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्र रिजालले निर्मला बलात्कार र हत्याको ...

मंगलमयको ४७ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

सप्तरंगी एफएम दमक, २७ पुस २०७५ झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयले आज ...