Home / ताजा समाचार / एडभान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया।

एडभान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया।

सप्तरङ्गी एफ.एम./जेठ २४/दमक
दमकको एडभान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करिव ५ घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाईकल दुर्घटनामा परेर दाहिने खुट्टा भाचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको सफलतापूर्वक शल्यक्रिया गरिएको हो । शल्यक्रिया पछि गुरुङ अस्पतालको जेनेरल वेडमा उपचाररत हुनुहुन्छ । गुरुङलाई मोटरसाईकलले ठक्कर दिएको थियो ।

 

गुरुङको शल्यक्रिया हाडजोर्नी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर अनुप पोखरेलसहितको चिकित्सक टोलीले गरेको अस्पतालले जनाएको छ । अस्पतालले हालैमात्र हाडजोर्नी, नशारोग सम्बन्धीको समेत विशेषज्ञ सेवा उपलब्ध गराएपछि जटिल किसिमका शल्यक्रिया शुरु गरिएको अस्पतालका अध्यक्ष शेरवहादुर भट्टराईले जानकारी दिनुभयो । भारतको एपोलो अस्पतालबाट विशेषज्ञता हासिल गरि डा. पोखरेल हालैमात्र दमकको एडभान्स अस्पतालमा आवद्धता हुनुभएको हो ।
२०७१ सालमा स्थापित सो अस्पतालले हाडजोर्नी अघि अन्य चिरफार सम्बन्धी शल्यक्रिया गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

मुगाधन कृष्णकुमारी राई स्मृती प्रतिष्ठानद्वारा जेष्ठ नागरिकलाई फलफुल वितरण

सप्तरङ्गी एफ.एम. दमक/भदौ ४/ प्रजातन्त्रका सेनानी स्वर्गिय मुगाधन राई र उहाँकी धर्म पत्नी स्वर्गिय कृष्णकुमारी ...

नगरपालीकाले बिद्यालयमा राजनिति घुसाउँदा हिमाविमा हिँजोको घटना भएको दमकका शैक्षिक अगुवाको आरोप

सप्तरङ्गी एफ.एम. दमक/भदौ २/ दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा हिँजो भएको घटनालाई दमकका ...

झापाको कचनकवलमा दक्षिणी क्षेत्रमै पहिलोपटक बृहत लाखे नाच तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन

  सप्तरंगी एफएम / कचनकवल ०१ भदौ २०७५       झापाको सुदुर दक्षिणी गाउँपालिका ...

दमकमा श्रीकृष्ण रथ यात्रा भव्य बनाउने बिषयमा छलफल

सप्तरङ्गी एफ.एम. दमक/भदौ १/ आगामी भदौ १८ गते दमकमा निकालीने श्री कृष्ण रथ यात्राको बिषयमा ...

आफुलाई धोका दिन लागेको भन्दै मोरंगमा एक युवतिको विभत्स हत्या

सप्तरङ्गी एफ.एम. दमक भदौ १ मोरङको ग्रामथानमा एक युवतीको हत्या भएको छ । ग्रामथान गाउँपालिका ...